चेत गुमाएका ठूला नेता होइन
चेतनशील साना जनता चाहियो
अधिकार भएका अधिकारी होइन
कर्तव्यनिष्ठ कर्मचारी चाहियो ।
धन भएका ठूला दानवीर होइन
मन भएका साना सेवक चाहियो
चर्का गफ दिने मुखहरू होइन
सुस्तरी काम गर्ने हातहरू चाहियो ।
ठूलाठूला पार्टी कार्यालय होइन
ठूला अस्पताल, दबाइखाना चाहियो
अनावश्यक भवन र टावर होइन
उत्पादन गर्ने कारखाना चाहियो ।
बेकारमा दिन काट्ने अखडा होइन
व्यस्तता राख्ने रोजगारी चाहियो
मनपरी गर्ने कुनै ‘तन्त्र’ होइन
सुशासन दिलाउने ‘लोकतन्त्र’ चाहियो ।
केहीलाई पोस्ने तारतम्य होइन
सबैलाई उठाउने भावना चाहियो ।
सधैंको निराशा र खिन्नता होइन
अब त खुसी र भरोसा चाहियो ।
चुपचाप सहने मौनता होइन
असन्तुष्टि पोख्ने साहस नि’ चाहियो
यतिसम्म ‘ज्ञानी’ हुनु राम्रो होइन
अब अलि चकै चेतावनी चाहियो ।
इन्द्रकुमार श्रेष्ठ, हाल: सिर्जनानगर, भक्तपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















