नेपालभाषा साहित्य तःमुंज्या प्रचारार्थ सुकुन्दा र्‍याली सम्पन्न

0
313


भक्तपुर, असोज २७ । चवालीसौ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिले तःमुंज्याको प्रचारार्थ आइतबार सुकुन्दा र्‍याली गर्‍यो । र्‍यालीमा विभिन्न बाजागाजाका टोली र महिलाहरूको व्यापक उपस्थिति थियो । आयोजक स्थल लामगालबाट सुरु भएको उक्त र्‍याली नगर परिक्रमापछि सोही स्थानमा सप्पन्न भएको थियो । तःमुंज्याको अघिल्लो दिन तःमुंज्याको सूचना टोल–टोलमा पुर्‍याउन उक्त र्‍याली गरिएको हो ।
हरेक वर्ष विजया दशमीपछिको द्वादशी र त्रयोदशी तिथिमा हुने नेपालभाषा साहित्य तमुंज्या (साहित्य सम्मेलन) हुँदै आएको छ ।
यश वर्ष नेपालभाषा साहित्य त:मुंज्या भक्तपुर नगरकाे वडा नं ९ लामगाल ( कमलविनायक, सरस्वती विद्यागृह नजिकै) असाेज २८ र २९ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here