लोकेश्वर साकोसको सत्रौं बार्षिक साधारणसभा सम्पन्न

0
225

भक्तपुर, असोज १९ ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रमुख अतिथिबाट संस्थाका बाल सदस्यहरुको सुमधुर बा“सुरीको धुनका साथ पानसमा दीप प्रज्वलित गरी समुद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि गोसाईले सहकारी संस्था समाजको अभिन्न अड्डको रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा भूमिका खेल्नु पर्ने औल्याउनु भयो । सहकारी एउटा देश विदेशका आर्थिक, राजनीतिक एवं साँस्कृतिक शिक्षा प्राप्त गर्ने दबु भएकोले यसबाट सम्पूण सदस्यहरुले लाभ लिनु पर्ने बताउनु भयो ।


उहाले सहकारी र बैंकको भिन्नतालाई औल्याउदै बैंक एक पूजीपती तथा ठुला व्यापारीहरुको हितको लागि खोलिएको संस्था भएको र सहकारी समाजको व्यापक एवं चौतार्फी हितका लागि कार्य गर्ने संस्थाको रुपमा रहेको स्पष्ट पार्नु भयो ।
नयाँ पुष्टालाई सबै किसिमको क्षेत्रमा सवल एवं सक्षम बनाइ आत्मविश्वस बढाउने गरी विकास गर्नुपर्ने बताउदै हामीसंग भएका सामाजिक, साँस्कृतिक तथा एतिहासिक पुरातात्विक विषयमा गौरव हुन सिकाउनु पर्ने बताउनु भयो । सहकारीले समाजको साँस्कृतिको विकास गर्नमा टेवा पुर्‍याउन युवा पुस्तालाई जिवन उपयोगी शिपमूलक तालिमहरु दिई देशलाई नै आत्मनिर्भर बनाउन योगदान दिनुपर्ने औल्याउनु भयो । भक्तपुर नगर एक ऐतिहासिक धार्मिक, साँस्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्त-अमूर्त सम्पदा तथा भाषालाई संरक्षण गर्दै पुस्तान्तरण गर्नु बताउनु भयो ।


साविक भनपा १५ वडाका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले सहकारीमा अहिले भै रहेको विद्यमान विकृति र विसड्डगतिलाई विस्तारै हामीले बुझदै आगामी दिनहरुमा थप सजग रहनु पर्ने बताउनु भयो । साथै देशको वर्तमान अवस्थाबारे विभिन्न पत्रपत्रिकामा आएका लेख रचनामाथि समिक्षा गर्नुभयो । सदस्यले संस्थामा निर्वाह गर्नुपर्ने काम कर्तव्यको भूमिकालाई विर्सन नहुने तथा संचालकहरुले पनि स्वं-मूल्यांकन गर्नुपर्ने औल्याउनु भयो ।


संस्थाका संस्थापक अध्यक्ष तथा भनपा वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकाबाट नियमित रुपमा संस्थाहरुको अनुगमन गर्दै आएको जानकारी दिनुभयो । साथै सरकारबाट विभिन्न चरणमा गठन गरेका उच्चस्तरका प्रतिवेदनबाट प्राप्त सुझावहरु यथासिघ्र सुधारका लागि लागु गर्न खुट्टा कमाउन नहुने बताउनु भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधी निर्मला सुवालले संघको आवश्यकता र निर्वाह गरेका भूमिका माथि प्रकाश पार्नु भयो ।


संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका प्रतिनिधि सपना कवां, संगम साकोसका प्रतिनिधि विजय लोहलाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा अतिथिहरुले संस्थाका जेष्ठ सदस्यहरु, माध्यामिक तह (ं१२) उत्तीर्ण विद्यार्थीहरु, असल नियमित बचतकर्ता, असल ऋणी तथा असल बालसदस्यहरुलाई पनि सम्मान गरियो भने संस्थाबाट आयोजित Bold Tex Writing प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाको लेखा समिति, बाह्य लेखा परीक्षणको प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन, आगामी बर्षको अनुमानित बार्षिक बजेट र भावी नीति तथा कार्यक्रमहरु पारित भएको उक्त कार्यक्रमको बिचबीचमा साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत भएको साधारण सभामा संस्थाका कुल सदस्यहरु मध्ये ८८।७४ प्रतिशत सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here