नेपाल क्रान्तिकारी शिक्षक संघको आयोजनामा शुभकामना आदानप्रदान तथा अध्ययन गोष्ठी 

0
290

भक्तपुर, असोज २० । नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिको आयोजनामा आइतबार विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत ११४५(न्हुद) तथा छठको अवसरमा शुभकामना तथा अध्ययन गोष्ठी सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको हितको लागि राणाशासन, निरंकुश पञ्चायत अन्त्य गर्न तथा ६२/६३ को जनान्दोलनमा आफ्नो ज्यानको बाजी थापेका सहिदहरु पारिवारिक सम्पन्नतासमेत त्यागेर संघर्षको परिणाम नयाँ पुस्तामाझ परिवर्तनको आभास हुनु रुसको डिसेम्बर बिद्रोह झैं भएको बताउँदै व्यवहारिक कल्पनाशीलताले सकारात्मक परिवर्तन हुने बताउनुभयो । उद्देश्य प्राप्तिको लागि सिद्धान्तमा कतिपनि विचलित नभई आलोचना सहँदै अगाडि बढ्दा सबैको सहयोगमा परिवर्तन हुने बताउँदै उहाँले असन्तुष्टि, धोका, बेइमानीपूर्ण व्यवहार तथा फुटको कारण परिवर्तनलाई रोक्न नसकिने बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदालगायतमा गरेको कामको अवलम्बन गर्न अन्य जनप्रतिनिधि उत्साहित रहेको जानकारी दिँदै पठन संस्कृतिले देशमा गुणस्तरीय परिवर्तनको ढोका खोल्ने भएकोले भनपाद्वारा संचालित जनज्योति पुस्तकालयको विकास र स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले समाजमा सकारात्मक परिवर्तनको लागि युवाहरू विचलित नभइ रूसको डिसेम्बर बिद्रोहको गुप्त वा मुक्ति समाज निर्माण र संघर्ष बारे विचार व्यक्त गर्नुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले जनताको विश्वासको मत लिएका नेता तथा पार्टीले जनतालाई राजनीतिक रूपमा शिक्षित नपारेको बताउँदै समाजमा अन्याय अत्याचार कायम रहेको बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रोशनराज तुईतुई, कृष्णगोपाल आचार्य, रीता लाखेमरु, विश्वराम प्रजापति, पूर्णशोभा हाडा, प्रेमलक्ष्मी त्वायना लगायतले आफ्नो अध्ययन प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here