दशैं सुरु भएसँगै भक्तपुरमा नवरात मेला सुरु, पहिलो दिन ब्रम्हायणीमा मेला

0
412
दशैं सुरु भएसँगै भक्तपुरमा नवरात मेला सुरु, पहिलो दिन ब्रम्हायणीमा मेला


भक्तपुर, असोज १७ । दशैं सुरु भएसँगै भक्तपुरमा नवरात मेला सुरु भएको छ। आज बिहान दशैंको पहिलो दिन बिहिबारबाट ब्रम्हायणीमा मेला सुरु भएको हो।
प्रत्येक वर्ष दशैंको घटस्थापनासँगै भक्तपुरमा नव रात मेला सुरु हुन्छ। रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात भन्ने गरिन्छ ।
यस दिनबाट भक्तपुरका शक्तिपिठहरुमा ९ दिन विभिन्न शक्तिपिठहरुमा बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ। विहान र साँझमा बासुरी, धिमे, धा बाजा लगायत अन्य बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन्। यसअनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ भन्ने अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ।
नवरातको पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात् विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here