सुकुन्दा र्‍याली तथा स्वयम्सेवक परिचालनबारे महिला भेला

0
230

भक्तपुर, १५ असोज । चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सभ्य र भव्यरूपमा सम्पन्न गर्न सुकुन्दा -याली व्यवस्थापन समिति तथा पहिला स्वयम्सेवक समितिको आयोजनामा सोमबार महिला भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सृजना सैजुले तःमुंज्या वैचारिक तथा भाषिक आन्दोलनको अभियानको एक सिलसिला हो भन्नुभयो ।
तःमुंज्याको मञ्च जनतालाई राजनीतिक, भाषिक तथा अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा सचेत गराउने विश्वविद्यालय भएको उहाँले बताउनुभयो ।
भनपा वडानं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले तःमुंज्या जनताको साथ र सहयोगले साहित्य र वैचारिकरूपमा मन्थन गर्ने राष्ट्रिय स्तरको कार्यक्रम भएकोले यसलाई भव्यताका साथ सम्पन्न गर्ने सबै वडाका महिलाहरूको सक्रियताको अपेक्षा गर्नुभयो ।
४४ औं नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुकुन्दा याली व्यवस्थापन समितिका संयोजक छोरीमैंया सुजखु तथा ग्वसाखलका सदस्य सविना प्रजापतिले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here