भक्तपुरमा आधारभूत खेल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

0
205

भक्तपुर, असोज १५ । भक्तपुर नगरपालिकाको आयोजनामा आधारभूत खेल प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणपत्र वितरण एक समारोहबीच सम्पन्न भयो ।


कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रशिक्षित शिक्षकहरूले अनुशासनसँगै नियम र खेलका ताैरतरिका विद्यार्थीलाई सिकाउँदा विद्यार्थी निराश र उच्छृंखलबाट मुक्त हुने विश्वास राख्दै स्वस्थ तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा लाग्दा आएका अप्ठ्यारालाई सहजै समाधान हुने बताउनुभयो ।
खेलको माध्यमबाट व्यक्तिको जीवनशैली र जीवनपद्धतिमा जोखिमको समयमा स्वयंसेवकको भावनासहित राज्यको उपस्थिति विना पनि सर्वसाधारण जनताको हितमा लाग्न सकिने बताउँदै उहाँले विद्यालयको सिकाई अभिभावक र समाजप्रति लाभान्वित तुल्याउन खेलकुद गतिविधिबाट विद्यालय तथा शिक्षकलाई सकृय बनाउन जोड दिनुभयो ।


कार्यक्रमका सभापति तथा भनपा १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले विद्यालयको खेलको स्तर बढाउन ३ वर्षदेखि विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको बताउँदै कर्मभूमि भक्तपुर नगरपालिकाका गतिविधि र आफ्नो जन्मभूमिको स्थानीय पालिकाले गरेको गतिविधि बारे छलफल गर्न सुझाव दिनुभयो ।

समापन कार्यक्रममा भनपा ४ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल लगायत समितिका सदस्यद्वय रञ्जना त्वाती र रामसुन्दर बासीले समेत बोल्नुभयो ।
गत असोज १० गतेदेखि १५ गतेसम्म संचालन भईरहेको विद्यालय खेल प्रशिक्षक प्रशिक्षण तालिम महिला शिक्षक २२ र पुरुष शिक्षक २१ गरी ४३ जनाको शिक्षकशिक्षिकाको नियमित सहभागिता रह्यो भने तालिममा भक्तपुर नगरका १३ वटा सामुदायिक मावि, १२ वटा आधारभूत विद्यालय, १७ वटा संस्थागत तथा १ सैनिक आवासीय महाविद्यालय सहित ४३ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ ।

अन्तिम दिनको क्रियाकलाप
तालिमको पाँचौ तथा अन्तिम दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अक्कल बहादुर फुयाल तथा भक्तपुर नगरपालिकाका नगर प्रहरी प्रमुख नारायण बहादुर चुवानको टीमले कवाज र पिटीको सामेल, अन्तर, फासला, दायाँ मोड र बायाँ मोड लगायत मार्चपासको प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
एन्फा रेफ्री क्याटागोरी ४ का प्रशिक्षक जोन महर्जन तथा स्थानीय फुटबल प्रशिक्षक इन्द्र राजलवटको टिमले फुटबलको किपिङ, पासिङ, हेडिङ लगायत फुटबल ग्राउन्डमा टचलाइन, गोललाइन सँगै खेलमैदान तयारी र अन्तर्राष्ट्रिय नियमबारे प्रशिक्षण दिनुभयो ।
भक्तपुर जिम्नास्टिकका शिवकृष्ण चवालले जिम्नास्टिकको जिएफएको पुन: अभ्यास गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here