काठमाडौँ, असोज १४ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि घटाएको छ । निगमले प्रकाशित गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर कायम भएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
2
+1
+1


















