रामचा र जिलेबी

0
199

अर्जुन कोन्दा


उसले उसलाई समात्यो, उसले उसलाई समात्यो । होइन, कसले कसलाई समात्यो?
रामचाले जिलेबी क्वाप्प मुखमा हाल्यो । नुनिलो मात्र मन पर्ने भएर होला रामचाले भन्यो , आच्चै, गुलियो पो रहेछ । निल्न लागेको जिलेबीको टुक्रा पनि थुक्दै उसले आमालाई सोध्यो, “आमा, नुनिलो जिलेबी छैन ।” भर्खर पाँच वर्ष टेक्दै गरेको छोराको यस्तो कुरा सुनेर आमा गललल हाँस्नुभयो । अनि छोरालाई तेलमा पकाएको मुगीको बारा (मु ः व) खुवाएर शान्त पार्नुभयो । जिलेबी र मुगीको बारा देशको नाम चल्ने पत्रिकाले मोडेको थियो । आमाले पत्रिकाको हेडलाइन पढ्नुभयो,
जिबी र रविका साझेदार छवि पक्राउ ।
हेडलाइनको मुनि लेखिएको थियो , सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवम् नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक डीआइजी छविलाल जोशी पक्राउ परेका छन् ।
आमाले अरु समाचार पनि पढ्न खोज्नुभयो । तर जिलेबीको रसले होला, पढ्न नसकिने भइसकेछ ।
तापनि एउटा कुनामा अर्को समाचार भेटियो – न्यूयोर्कमा ओली मोदी द्धिपक्षीय भेटवार्ता हुने ।
आमाको ध्यान समाचारले आकृष्ट गर्न सकेन । आमाको ध्यान त जेलिएको जिलेबीमा थियो । कारण पत्रिकाको अक्षर जिलेबीमा प्रस्टसँग पढ्न सकिने खालको थियो । रामचालाई गुलियो मन परेन वा जिलेबीमा ताँसिएको अक्षर मन परेन भन्न गार्‍हो छ । तर आमाले भने जिलेबीमा अक्षर मात्र होइन, अरु थुप्रै कुरा देख्नुभयो ।
खोइ के के देख्नु भयो कुन्नि । आमाले भने संसार देख्नुभयो । जिलेबी झै जेलिएको देशको राजनिती देख्नुभयो । देशको गणतन्त्रमा लोकतन्त्र, कर्मचारीतन्त्र, संधियता, अर्थ व्यवस्था, स्वास्थ्य, शिक्षा, पत्रकारिता, राजनिती अनि देशभक्ति भ्रष्टाचारको गुलियो चास्नीमा जिलेबीझै डुबेको थियो । जुन् चास्नीमा झिंगाहरु समेत पटक पटक सहादत हुने गरेको कुरा रामचाको आमालाई राम्ररी थाहा थियो । यता रामचालाई भने त्यो गुलियो जिलेबी पटक्कै मन परेन । त्यसैले उसले थुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here