अविरल वर्षाका कारण भक्तपुरमा ५ जनाको मृत्यु, ५६ जनाको उद्धार

0
296

भक्तपुर, असोज १२ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अविरल वर्षाका कारण भक्तपुर जिल्लामा ५ जनाको मृत्यु भएको जनाएको छ ।
कालिकोट जिल्ला सानी त्रिवेणी ५ घर भइ हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे मगर गाउँमा बस्दै आएका २४ वर्षीया दमिला शाही ( गर्भवती ‍), निजको बहिनी १४ वर्षीया मनिशा शाही र दमिलाकी ४ वर्षीया छोरी प्रिया बमको मिति २०८१/०६/१२ विहान ९ः०० कच्ची घर भत्किएर मृत्यु भएको हो ।
त्यस्तै सूर्यविनायक नगरपालिका वड नं. ८ आशापुरी नैचालमा पहिरोका कारण घर भत्किंदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । मृतकहरुमा वर्ष ५० की मसली तामाङ्ग र वर्ष ३७ की मनु तामाङ्ग रहेको छ ।

भक्तपुर जिल्लाका विभिन्न ठाउँमा भएको डुबान र पहिरोको जोखिममा रहेका ५६ जनालाई उद्धार गरिएको समेत जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । १ जना घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको र डुवानमा परेका सिद्धि स्मृति अस्पतालबाट २ जना बच्चाहरुलाई उद्धार
गरी सोही अस्पतालमा भर्ना गरिएको समेत बताइएको छ ।

डुवान र पहिरो पीडित क्षेत्रमा नेपाल प्रहरीबाट ३५० जना, सशस्त्र प्रहरी बलबाट १७१ जना र नेपाली सेनाबाट ११७ गरी जम्मा ६३८ जना सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ।

नदी तटका वस्तीहरुमा अझै केही दिन जोखिमको अवस्था रहेकोले सर्तक रहन र सावधानी अपनाउन समेत जिल्ला प्रशासन कार्यालय, भक्तपुरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here