भक्तपुर, असोज ११ । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय शिक्षकहरुको खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम दोस्रो दिन चालु रह्यो ।
खेल क्षेत्रका पोषणविद सम्झना बासुकलाले शरीरको बनावट, लिङ्ग, उमेर तथा शारीरिक खेल अनुसार अनुशासित रूपमा अर्गानिक खानाको प्रयोग गर्दा स्वस्थ शरीर निर्माण हुने बताउँदै खेलाडी लगायत सबै मानिसले पानीसँगै खाद्य पदार्थको पिरामिडलाई दैनिक रूपमा प्रयोग गर्नुपर्ने प्रस्तुति दिनुभयो ।
कब्बडीका अन्तर्राष्ट्रिय रेफ्री तथा बागमती प्रदेश कब्बडी संघका अध्यक्ष पशुपति प्रजापतिले विद्यालयका खेलाडी विद्यार्थीको खेललाई उत्कृष्ट बनाउन प्रशिक्षक शिक्षकहरूले अभिभावक र विद्यालय बीचमा पुलको समन्वय गर्नुपर्ने बताउँदै कब्बडीको राम्रो रेडर र डिफेन्डर बन्न फुटवक, स्टेपटिङ, टोटस, किक तथा जम्पको प्रयोगात्मक अभ्यास लगायत मिडलाइन, बकलाइन, बोनस लाईन तथा सुपर ट्रयाकरको बारेमा प्रशिक्षण दिनुभयो ।
भक्तपुर जिम्नास्टिक जिम्नास्टिकका संघको शिवकृष्ण चवालले फण्ड, फ्रेन्डसीप, फण्डामेन्टल, फोरेबर, फिटनेस जस्ता जिम्नास्टिकका फाइभ एफ को बारे जानकारी दिँदै प्रयोगात्मक विभिन्न सीपको प्रशिक्षण गराउनुभयो।
भक्तपुर नगरका स्थानीय खेलकुद प्रशिक्षक रविना सुवालले खेल क्षेत्रमा खानेकुरा तथा पोषणको प्रयोग बारे आफ्नो अनुभव सुनाउनुभयो ।
दोस्रो दिनको खेलकुद प्रशिक्षक प्रशिक्षण तालिममा भक्तपुर नगरका १० वटा आधारभूत विद्यालय सहित सामुदायिक र संस्थागत गरी ४३ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको छ ।


















