भक्तपुर, असोज १२ । दुई दिन अघिदेखि निरन्तर बर्षाका कारण भक्तपुरको भेलुखेल स्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालको सेवा प्रवाहमा असर परेको छ ।
शनिबार एक सूचना प्रकाशन गर्दै अस्पतालको हाता भित्र बाढीबाट अत्याधिक प्रभावित भई अत्यावश्यक सेवा दिने विभागहरु प्रभावित भईरहेकोले अन्य सेवा दिन नसक्ने जानकारी दिइएको हो ।
अस्पतालले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिक सेवा लगायत सम्पूर्ण सेवाहरु (ओ.पी.डी. फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरे) बन्द रहने जनाइएको छ ।
शनिबार अस्पताल डुबानमा परेपछि नवजात शिशुसहित नेपाली सेनाकाे टोली र स्थानीय बासिन्दाले सुत्केरीकाे उद्धार गरिएको थियो ।
अस्पतालको सूचना यस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















