भक्तपुर, असोज १ । भक्तपुर नगरपालिका वडा नं १ स्थित भाजुपोखरी परिसरमा मंगलबार सरसफाई कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवं ८ न वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले नपाले पहिलेदेखी नै सफाई अभियान सुरु गरेको कारण हाल सफाइ नगरीको रुपमा परिचित भएको बताउनुभयो । वर्षायाममा डेङ्गुको समस्या रहेकोले सचेत हुनुपर्ने समेत उहाँले भन्नुभयो ।
२ नं वडा अध्यक्ष हरि प्रसाद बासुकलाले भक्तपुरको इतिहास किसान आन्दोलन र सफाइ आन्दोलनसग सम्बन्धित रहेको चर्चा गर्नुहुदै भक्तपुरमा सफाइ आन्दोलन स्वरुप निरन्तर रुपमा सफाइ कार्यक्रम नियमित गदै आएको बताउनुभयो । यसमा सबैको हातेमालो हुन आवश्यक रहेको बताउनुभयो ।
३ नं वडा अध्यक्ष राजकृष्ण गोराले नपा साझा संस्था भएको बताउनुहुदै जनताको सहयोग आवश्यक रहेको र भनपाका पुर्व जनप्रतिनिधिले नेतृत्वमा सरसफाई अभियान सुरु भएको चर्चा गर्नुभयो । उहाँले स्वास्थ्यलाई मध्यनजर गर्दै सफाइ गर्दा लाज मान्न नहुने र आफ्नो ठाउँ आफै सफा गर्नुपर्ने र नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याएर दिनुपर्ने बतानुभयो ।
४ नं वडा अध्यक्ष उपेन्द्र सुवालले सरसफाई सभ्यताको पहिचान रहेको बतानुहुदै भनपाभित्र २०३९ सालदेखी नै जनप्रतिनिधिको नेतृत्वमा सफाइ अभियान सुरु भएकोले यसलाई विर्सन नहुने बतानुभयो ।
१० नं वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले नपाले एक विद्यालय एक सम्पदा र एक सहकारी एक सम्पदा सन्चालन गर्दै आइरहेको र भक्तपुरलाई स्वच्छ बनाउने दायित्व सबैको रहेको बताउनुहुदै यसलाई निरंतरता दिनुपर्ने बतानुभयो ।
कार्यक्रममा वडा सदस्य कल्पना शिल्पकार र मन्जु माया लाखाले पनि बोल्नुभएको थियो ।


















