वर्तमान परिप्रेक्ष्यमा खेलाडीहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रम

0
189


भक्तपुर, असोज ३ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईको आतिथ्यतामा ‘वर्तमान परिप्रेक्ष्यमा खेलाडीहरूको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । 
भक्तपुर बक्सिङ सङ्घको आयोजनामा भएको उक्त कार्यक्रममा अतिथि गोसाईले स्वास्थ्यको लागि परिवारका सदस्य र साथीहरूबिच दैनिक भेटघाट र छलफल तथा विचार विमर्श आवश्यक रहेको बताउननुभयो ।
‘स्क्रिन टाइम’ को विकल्प ‘ग्रिन टाइम’ भएको अनुसन्धानको निचोड रहेको चर्चा गर्दै उहाँले भन्नुभयो-“ग्रिन टाइम भनेको अरूलाई समय दिनु हो, साथीभाइ, परिवार र सामाजिक कार्यमा सहभागी हुनु हो । साथीहरूको नियमित भेटघाटलाई सिक्ने सिकाउने मञ्चको रूपमा सदुपयोग गर्नु जरूरी छ ।”
मानवन जीवनलाई सार्थक बनाउन सामाजिक गतिविधिमा लाग्नु जरूरी रहेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले सांस्कृतिक र सामाजिक गतिविधिमा लाग्नु भनेको स्वस्थ जीवन र समाजको लागि योगदान गर्नु हो भन्नुभयो ।
हामीले सिकेका ज्ञानगुणको कुरा नया“ पुस्तालाई हस्तान्तरण गर्न सकेमात्र समाज क्रमशः राम्रो र सुसंस्कृत हुँदै जाने धारणा राख्दै उहाँले भन्नुभयो, “हामीले अध्ययनलाई जोड दिनैपर्छ, दैनिक कम्तिमा आधा घण्टा भए पनि नियमितरुपमा पुस्तक पढ्ने बानी गर्नुपर्छ ।”
“देश र विदेशका राजनीति र अन्तर्राष्ट्रिय घटनाबारे जानकारी हासिल गर्नको लागि ‘मजदुर’ र ‘श्रमिक’ नियमित अध्ययन गर्नु जरूरी छ । नेपाल मजदुर किसान पार्टीले प्रकाशन लाई जोड दिदै जनताको राजनीतिक चेतनास्तर वृद्धि गर्ने कार्य गर्दै आएको छ”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
तःमुंज्याको आयोजना भइरहनु गौरवको विषय भएको चर्चा गर्दै उहाँले यसपालिको चवालिसौ“ नेपालभाषा तःमुंज्या भव्य रूपमा सफल पार्न सबैमा अनुरोध गर्नुभयो ।
एमाले पार्टी फासीवादी पार्टीको रूपमा अगाडि बढिरहेको तर्फ सतर्क गराउदै उहाले जाती, धर्मको आधारमा अल्पसङ्ख्यक र कमजोरलाई दबाउनु नै फासीवाद भएको बताउनुभयो । 
नेपाल बक्सिङ सङ्घका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले कार्यक्रमको उद्देश्यबारे जानकारी दिदै बक्सिङ खेललाई योजनाबद्धरूपमा विकास गर्ने उद्देश्यले काम भइरहेको हुदा निःस्वार्थपूर्वक सहयोग गर्न सबैमा अनुरोध गनुृभयो । 
आयोजक समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघकामा केन्द्रीय उपाध्यक्ष निर्वाचित भएकोमा राजकुमार लघुलाई सम्मान गरेको थियोे भने संचालन सचिव साजन लघुले र उपाध्यक्ष राजन कुम्पाखले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here