Sunday, October 13, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति ४४ औं नेपाल भाषा तःमुज्या तयारी स्वरुप स्वास्थ्य समिति गठन

४४ औं नेपाल भाषा तःमुज्या तयारी स्वरुप स्वास्थ्य समिति गठन

भक्तपुर , भदौ२४ ।
४४ औ नेपाल भाषा साहित्य तः मुज्याले आज स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय सामाजिक स्वास्थ्यकर्मी रामलक्ष्मी दुवालको संयोजकत्वमा स्वास्थ्य समिति गठन भएको तःमुज्याका सदस्य विकुराम तजलेले जनाएको छ । भेलामा ४४ औं तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले तः मुज्याले कामगरी खाने जनताको सेवा र सहयोगका लागि साहित्य र साँस्कृतिक विधाहरु प्रदर्शन गर्दै आएको बताउँदै गरीब जनताले डाक्टर भेट्दा, डाक्टरले लेखिदिएको पूर्जी समेत नबुझेर औषधी खान समेत समस्या भोग्ने गरेको स्मरण गर्नु भयो ।


उहाँले ४४ वर्ष अघिको पहिलो तःमुज्या र अहिलको तःमुज्यामा निकै फरक हुँदै आएको समीक्षा गर्दै सुरुमा तःमुज्याले सरसफाई, खानपान, रोग सम्बन्धी साहित्यहरु बढी पाठ हुने गरेको र हिजो आजको समयको परिवर्तन र प्रविधिको विकासले गर्दा साहित्य र साँँस्कृतिक विधा पनि फरक ढंगले प्रदर्शन भइरहेको बताउनु भयो ।


कार्यक्रममा ख्वप अस्पतालका प्रमुख डा. मजेशप्रताप मल्लले ख्वप अस्पताल नजिकै हुन गइरहेको तःमुज्या सफल गर्न स्वास्थ्यकर्मीको सहयोग हुने बताउनु भयो । उहाँले तःमुज्या जनताको हो, जनता रहे भाषा रहन्छ, भन्नु भयो ।
कार्यक्रमम भनपा १०का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सबैको सहयोगले तःमुज्या भव्य सफल हुने बताउनु हुँदै आआफ्नो क्षेत्रबाट सहयोगकोलागि अनुरोध गर्नु भयो । सो अवसरमा ४४ औं तःमुज्याका सचिव सञ्जय मानन्धर र स्वास्थ्य समिति संयोजक रामलक्ष्मी दुवालले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments