तःमुंज्या सफल पार्न सहकारी समाजका सहकारीकर्मीहरुको भेला

0
783

भक्तपुर, २३ भदौ ।

चवालीसौं नेपाल भाषा सहित्य तःमुंज्याको आयोजनामा सहकारी समाजका सहकारीकर्मीहरुको भेला भक्तपुर साकोसको सभाहलमा आईतबार एक समारोहबीच सम्पन्न भयो ।


कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् ९ नं वडाध्यक्ष रबिन्द्र ज्याख्वले सहकारी सिद्धान्त विपरित व्याजको लोभ र फरक मनसायले राखेको निक्षेप फसेको जनसमुदायको आवाज नगरपालिकामा आएकोले बाहिरबाट आएका मानिसले संचालित सहकारीहरुको गतिविधिहरु नियाल्नु पर्ने बताउनुभयो ।
उहाँले तःमुज्या पनि वर्ग संघर्षको थलो भएकोले तल्लो वर्गलाई हेपाहा दृष्टिकोण र विभेदकारी नीतिले गर्दा तःमुज्या जन्मेको बताउनुभयो । उहाँले जनताको सहयोगले जनताको बीचमा हुर्केको तःमुज्याले जनताको आवाज उठाई रहेको बताउँदै यसले मध्यम वर्गलाई पनि समेटेर लानुपर्ने बताउनुभयो । उहाँले तःमुज्याको मञ्चको स्तर बृद्धिसंगै त्यसमा प्रस्तुत हुने साहित्य, साँस्कृतिहरुको पनि स्तर बृद्धि गर्ने तर्फ तःमुज्याले कार्य गरिरहेकोले साथै उक्त मञ्चमा प्रस्तुत हुने राजनीति, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य लगायतका मन्तव्यहरु विश्वविद्यालयमा समेत नहुने भएकोले तःमुज्या कामदार जनताको विश्वविद्यालयक भएको बताउनुभयो ।


कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोबिन्द लाखाले देश भरिबाट १२०० वटा सहकारीले बचत फिर्ता नगरेको, १५० वटा समस्या ग्रस्ट भएको र सरकारले २०/३० वटा समस्याग्रस्ट घोषणा गरिसकेको बताउँदै शासक दलका पार्टीहरुका नेता कार्यकर्ताहरुले सहकारी दुवाई रहेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले मात्र कार्यकर्तालाई सहकारीमा इमान्दरीपूर्वक काम गर्न दिएको निर्देशन अनुसार भक्तपुरमा समस्या नआएको बताउनुभयो । उहाँले सहकारी छानविन आयोग पनि निष्पक्ष नभएको बताउँदै देश भरमै निक्षेप बढी सुरक्षित भएको भक्तपुरलाई सल्लाह सुझाब नलिबाट नै प्रष्ट भएको बताउनुभयो । उहाँले सहकारी नियमन निकायलाई नै थुनछेकसहित कार्वाहीको अधिकार दिनु पर्ने यसभन्दा अगाडिको सुझाब कार्यन्वयन गरेको भए यतिको विकृति नआउने बताउनुभयो । उहाँले अहिले ५० करोड माथिको सहकारीलाई राष्ट्र बैंक अन्तर्गत राख्ने सहकारी सिद्धान्त मुल्यमान्यता समाप्त पार्ने काम हुने बताउनुभयो । उहाँले सहकारीले भाषा उत्थानको लागि सहकारीले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रम आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष नातिभाई ह्योम्बाले स्वागत र साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले संचालन गर्नुभएको कार्यक्रममा भक्तपुर साकोसका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here