अपर्णा प्रधानका नेपालभाषाका तीन पुस्तक विमोचन

0
246

काठमाडौं, भदौ २२। नेपाल भाषाका प्रख्यात समालोचक, निबन्धकार तथा आख्यानकार अपर्णा प्रधानको नेपालभाषाका तीन पुस्तकको विमोचन शनिबार काठमाडौंको उपमेयर सुनिता डंगोलले गर्नुभयो ।

प्रमुख अतिथि डंगोलले नेपालभाषा सम्वर्द्धनको लागि नेपालभाषाको कथा, निबन्ध, उपन्यास तथा समालोचना सिर्जना गर्न कठिन रहेको अवस्थामा आफू अशक्त भएर पनि नेपालभाषाको समृद्धि लागिपरेको साहित्यकार अपर्णा प्रधानबाट प्रेरणा मिलेको बताउनुभयो ।

नेपालभाषा एकेडेमीका सचिव पुष्पराज राजकर्णिकारले विगतको इतिहासमा एक देश एक भाषाको कारण नेपालभाषाको साहित्य विकास नभएको बताउँदै संघीयतासँगै नेपालभाषालाई राष्ट्रिय मान्यता दिएपछि त्यसको उत्थानकाे लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्न सुझाव दिनुभयो ।

आख्यानकार मथुरा सायमीले पुस्तक लेखन, प्रकाशनमा जटिलता रहेको र त्यसको व्यावसायिक वितरण झन् कष्टकर रहेको बताउनुभयो ।

साहित्यकार पूर्ण ताम्राकारले विमोचित निबन्धको समीक्षा गर्दै शरीरको अशक्त अवस्थामा समेत नेपालभाषाको साहित्य सिर्जनाले नेपालभाषाको साहित्य उत्थान र भण्डारमा टेवा पुगेको बताउनुभयो ।

समाजसेवी तथा व्यवसायी कृष्णलाल प्रधानले नेपालभाषाको साहित्य लेखन र घर व्यवहारमा समेत नेपालभाषाको प्रयोग कमजोर प्रयोग भएको बताउँदै कला संस्कृति सम्पदा भएको जातिलाई बचाउन भाषा बचाउनुपर्ने बताउनुभयो ।

नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कुतः पिकाक भक्तपुरका प्रकाशक तथा साहित्यकार बिमल ताम्राकार, सुलोचना मानन्धर, जलेश्वरी श्रेष्ठ लगायत पद्मावती सिंहले बोलेका थिए ।

उक्त कार्यक्रममा खुसि अःखतं न्ह्याइ नामक लघुकथा, सुकुन्दा नामक निबन्ध संग्रह तथा नेपालभाषा बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वा नामक समालोचना संग्रह विमोचन भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here