समाज सुधार स्काउट ग्रुपको आयोजनामा साइकल हाइक सम्पन्न

0
275


भक्तपुर, भदौ २२।
नेपाल स्काउट बागमती प्रदेश स्काउट भक्तपुर जिल्ला स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित समाज सुधार स्काउट ग्रुपको आयोजनामा साइकल हाइक सम्पन्न भयो ।
कार्यक्रममा स्काउट लिडर सुरज दिदीयाले स्काउट शिक्षा जीवनपयोगी शिक्षा भएको कुरा बताउँदै बिना भाँडो खाना पकाउने विधि फरक र नयाँ कुरा सिक्ने अवसर मिलेको बताउनुभयो।


कार्यक्रममा स्काउट भाइबहिनीहरूलाई मुहानपोखरी स्थित खोला किनारमा कक्षा सहायक राष्ट्रिय प्रशिक्षक राजेश गाईजूले प्रयोगात्मक कक्षा सञ्चालन गर्नुभएको थियो ।


उक्त साइकल हाइक समाजसुधार माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भई चाँगुनारायण नगरपालिका स्थित मुहानपोखरी सम्म र फेरि मुहानपोखरीबाट स्कुल प्राङ्गणसम्म आएर सम्पन्न भएको थियो ।
कार्यक्रममा १६/१६ जना स्काउट भाइबहिनीहरूले साइकल तथा पैदलबाट र स्काउट प्रशिक्षक, विद्यालयका शिक्षकहरूको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here