समाज सुधार स्काउट ग्रुपको आयोजनामा साइकल हाइक सम्पन्न

0
328
समाज सुधार स्काउट ग्रुपको आयोजनामा साइकल हाइक सम्पन्न


भक्तपुर, भदौ २२।
नेपाल स्काउट बागमती प्रदेश स्काउट भक्तपुर जिल्ला स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित समाज सुधार स्काउट ग्रुपको आयोजनामा साइकल हाइक सम्पन्न भयो ।
कार्यक्रममा स्काउट लिडर सुरज दिदीयाले स्काउट शिक्षा जीवनपयोगी शिक्षा भएको कुरा बताउँदै बिना भाँडो खाना पकाउने विधि फरक र नयाँ कुरा सिक्ने अवसर मिलेको बताउनुभयो।


कार्यक्रममा स्काउट भाइबहिनीहरूलाई मुहानपोखरी स्थित खोला किनारमा कक्षा सहायक राष्ट्रिय प्रशिक्षक राजेश गाईजूले प्रयोगात्मक कक्षा सञ्चालन गर्नुभएको थियो ।


उक्त साइकल हाइक समाजसुधार माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भई चाँगुनारायण नगरपालिका स्थित मुहानपोखरी सम्म र फेरि मुहानपोखरीबाट स्कुल प्राङ्गणसम्म आएर सम्पन्न भएको थियो ।
कार्यक्रममा १६/१६ जना स्काउट भाइबहिनीहरूले साइकल तथा पैदलबाट र स्काउट प्रशिक्षक, विद्यालयका शिक्षकहरूको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here