भक्तपुर, भदौ २२ । भक्तपुरको एक मात्र चिरपरिचित क्रिकेट प्रशिक्षण केन्द्र Cricket Excellence Center Bhaktapur को आयोजना एक दिवसीय क्रिकेट प्रशिक्षण Children’s Cricket Carnival हुने भएको छ ।
भक्तपुरको सिपाडोलमा अवस्थित केन्द्रले भाद्र २९ गते शनिवार बाल दिवसको अवसरमा बालबालिकालाई क्रिकेटसंग नजिकबाट जोड्न तथा भातृत्व भावसहितको खेलकुदमैत्री चारित्रिक विकास गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गर्न लागिएको निर्देशक अशोकरत्न शाक्यले जानकारी दिएको छ ।

उक्त एक दिवसीय कार्यक्रममा सहभागिताको लागि अभिभावक, बिद्यालय, खेलप्रेमी महानुभावहरुलाई अनुरोध समेत गरिएको छ । प्रशिक्षणमा भाग लिन र सहभागिताको लागि यही मिति २०८१ भाद्र २५ गतेसम्म नाम दर्ता गर्न सकिने भनिएको छ । दर्ता शुल्कको रुपमा केन्द्रले प्रतिव्यक्ति रु ५००।— तोकिएको बताइएको छ ।
उक्त कार्यक्रममा विभिन्न सीप कार्यशाला, गतिविधि, फेस पेन्टिङ, खेलाडी भेटघाट, प्रतिभा खोजी, मिनी क्रिकेट खेल खेलाइने जस्ता गतिविधि गरिने र पुरस्कार तथा उपहारको व्यवस्था गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा सहभागिताको लागि अनलाइन मार्फत नाम दर्ता गर्न सकिने निर्देशक अशोकरत्न शाक्यले जानकारी दिएको छ ।
https://forms.gle/UeUaXwtB4ZSYptTk6
https://docs.google.com/…/1FAIpQLSeSWZB580SR5P…/viewform


















