कविताकाे शिर्षक : बदलेकाे देखेकाे छु

0
375
कविताकाे शिर्षक : बदलेकाे देखेकाे छु

एक साधारण कुराबाट
परिवार बदलेको देखेको छु।
आवश्यक परेमा सबै
नातेदारै बदलेको देखेको छु॥

हरेक व्यक्तिमाथि
भरोसा गर्न छोडें।
मैले अक्सर आफ्नाले
भूमिका बदलेको देखेको छु॥

जतिदिए रामजीले
त्यति नै भोक बढी।
हरदिन मानिसले
व्यापार बदलेको देखेको छु॥

हिजोको समाचारमा
व्याप्त हुनुथियो तिम्रा गलत इरादाहरु।
केही नोटका बिटाहरु दिएर
अखबारै बदलेको देखेको छु॥

उनी पनि आइन्
त्यो बदनाम गल्लीमा।
हरे!मैले ठूल्ठूला इज्जतदारहरु
बदलिएको देखेको छु॥

धनेशराज राजाेपाध्याय
तिबुक्छें टाेल,भनपा ५, भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here