काठमाडौं, भदौ २१ नेपाल सरकारले टिकटकको प्रयोग / पहुँचमा लगाइएको रोक हटाईएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी सूचनामा उल्लेख छ ।
प्राधिकरणले दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई टिकटकमा लगाईएको रोक हटाइएको जनाइएको छ ।
सूचना यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















