भक्तपुर, भाद्र २१ ।
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणथान स्थित शर्मिला राईको गाई गोठमा लामखुट्टे मार्नका लागि कोइला बाल्दा सल्केको आगलागीबाट ६० हजार बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अचानक आगलागी भएको खवर हुने बितिक्कै दमकल, प्रहरी टोलि र स्थानीयबासिहरुको सहयोगले आगो पूर्णरुपमा नियन्त्रणमा आएको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । आज विहान २ः४०मा भएको आगलागी ३ः४५मा नियन्त्रणमा आएको थियो । आगलागीबाट एउटा जर्सी गाई अन्दाजी रु.५० हजार र एक वटा बाख्रा अन्दाजी रु.१० हजार गरी रु. ६० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1