तःमुज्याको लागि खानेपानी तथा सरसफाई समिति गठन

0
163

भक्तपुर, भदौ २१ । चौवालीसौं(पीप्यकगु) नेपाल भाषा साहित्य तःमुज्या सफल पार्न भनपा वडा नं १० कमलबिनायकमा विहिबार स्थानीय भद्र भलादमीहरुको भेलामा ज्ञानकुमार मगजुको संयोजकत्वमा खानेपानी तथा सरसफाई समिति गठन गरियो ।


कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले तःमुज्याको आयोजक समिति गठन भएदेखि भए गरेका कार्य प्रगतिहरु सुनाउँदै तःमुज्याले नेपाल भाषा उत्थानमा महत्वपूर्ण योगदान गर्नुका साथै विभिन्न भाषाहरुलाई उतिकै सम्मान गर्दै तःमुज्याले स्थान दिएको बताउनुभयो । उहाँले स्थानीयहरुले शिष्ट अतिथि सत्कार, आकर्षक दबु, कार्यक्रम स्थल सफा सुग्घर र राम्रो बनाउनु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा वडा नं १० वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले विना स्वार्थ सबैको सहयोगले सफल हुने तःमुज्याले समाज उत्थान र आमुल परिवर्तनको काम गरिरहेको बताउनुभयो । उहाँले नयाँ पुस्ता युवा विद्यार्थीहरुलाई तःमुज्या प्रति आर्कषित बनाई विकृति विसंगतिबाट टाढा राखी देशभक्ति भावना र अन्याय विरुद्ध संघर्ष बारे सचेत र संगठित गर्नुपर्ने बताउनुभयो । उहाँले तःमुज्या राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट अवलोकन हुने र प्रत्यक्ष प्रसारणले हजारौं दर्शकहरुले अवलोकन हुने भएकोले कुनै पनि कमजोरीहरु हुन नहुन बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष लक्ष्मी प्रसाद चवालले स्वागत, खानेपानी तथा सरसफाई व्यवस्थापन समितिका संयोजक ज्ञानकुमार मगजु र कार्यक्रम साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here