नवदुर्गा भवानीले २१ गते शुक्रबार नै चथा पुजा गर्ने

0
307

भक्तपुर, भदौ १९ ।
भक्तपुरमा यही भाद्र २१ गते शुक्रबार नवदुर्गा भवानीले चथा पुजा मनाउने भएको छ ।
श्री नवदुर्गा भवानी एबम् श्री तलेजु भवानीको सल्लाह अनुसार यही मिति २०८१ भाद्र २१ गतेका दिन चथा पूजा गर्ने निर्णय भएको श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १ बजे देखि २२ गते दिउँसो २ बजे सम्म मात्र चतुर्थी पर्न गएकोले भाद्र २१ गते नै चथा पुजा मान्ने निर्णय गरिएको समेत जनाइएको छ ।
भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै चथा मान्ने गर्दछन ।

चथा पर्व के हो ?
नेवा: समुदायले चन्द्रमास पात्रो अनुसार हरेक वर्ष ञँला/ यँलाथ्व चतुर्थीको दिन अर्थात् भदौ शुक्ल चतुर्थी/मंगल चतुर्थीका दिन “चथा: चख” मनाउने गर्दछ । यसै तिथिमा श्री गणेशको जन्म भएकोले सबै समुदायमा यो दिन “गणेश चतुर्थी” को रुपमा मनाउने परम्परा रहेको छ । नेवा: समुदायले यो पर्वलाई चथा: चख: अर्थात् सानो दशैंको रुपमा पनि मान्दछन् ।
यस दिन सांझ परेपछि गणेश रुपी सुकुन्दाका अगाडि हेरम्ब गणेश तथा चन्द्रमाको पूजा गरिनु नै यस पर्वको विशेषता रहेको छ । चथा: पुजा गर्दा पुजा सामाग्रीको अलावा विरुवामा अदुवाको बोट, उखुको बोट, फलफूलमा नास्पाती, स्याऊ, मौसम, अम्बा, अमला, काँक्रा, मुला तथा गेडागुडीमा मकै, भट्मास, गहुं, केराऊ, बकुला, आरुको बियाँ, फर्सीको बियां लगायतका विभिन्न प्रकारका गेडागुडीहरु राखिन्छ ।

Photo : Laxmi Prasad Banmala

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here