Sunday, October 13, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका अवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका अवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, भदौ २० ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका अवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुले कलेजमा भर्ना भएका सबै विद्यार्थीलाई उत्कृष्ट बनाउने प्रयासमा लाग्न शिक्षक–शिक्षिकाहरुलाई अभिप्रेरित गर्नुभयो ।

भक्तपुर नपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्र सेवामुखी बन्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले निःशुल्क मेडिकल शिक्षाको व्यवस्था गरेको भए जनशक्ति परिचालनमा सहज हुने बताउँदै उहाँले नेपालका दक्ष जनशक्ति विदेशीको लागि सस्तो ज्यामी बनिरहेको यथार्थबारे प्रष्ट पार्नुभयो ।

नर्सिङ पेशा सेवाको भावनाले काम गर्ने पेशा भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले यो पेशामा चुनौतीसँगसँगै सफलता पनि प्राप्त हुने बताउनुभयो ।

स्वास्थ्य उपचार महँगो हुँदै जाँदा धेरै नेपालीहरु गरिबीको रेखामुनि झरेको बताउँदै उहाँले नर्सहरुले विदेशको सेवालाई भन्दा आफ्नै देश र देशबासीको सेवा गर्ने उद्देश्य लिनुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख रजनी जोशीले शिक्षा सफलताको सशक्त माध्यम भएको बताउँदै समाजलाई शिक्षित बनाउने उद्देश्यले भक्तपुर नपाले विभिन्न शैक्षिक संस्थाहरु सञ्चालन गरेको बताउनुभयो । ख्वप सर्कलको शैक्षिक विशेषता र उद्देश्यमाथि प्रकाश पार्दै उहाँले जिम्मेवार नर्समा हुनुपर्ने आचरणबारे सुसूचित गर्नुभयो ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपा शैक्षिक संस्था सञ्चालन गर्ने अग्रणी संस्था भएको बताउँदै देशको लागि आवश्यक दक्ष र जिम्मेवार नागरिक बनाउन संस्था अग्रसर रहने बताउनुभयो । उहाँले ख्वप सर्कलका शैक्षिक संस्थाहरु देशकै नमुना शैक्षिक संस्थाको रुपमा स्थापित हुँदै गएको बताउँदै आधुनिक समाजसँग भिज्न सिकाउने नयाँ पुस्ता निर्माणमा यी शैक्षिक संस्थाहरु क्रियाशील रहेको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले मेडिकल क्षेत्र संवेदनशील र चुनौती पेशा भएसँगै यो पेशा सम्मानजनक पनि भएको बताउँदै आफ्नो पेशालाई धर्मको रुपमा लिई बिरामीको सेवा गर्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोल र शिक्षिका रविना सुवालले कलेज स्थापनाको उद्देश्य र विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरण र अनुशासनबारे प्रष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments