भक्तपुर, भाद्र १९। भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धरको नेतृत्वमा बुधबार च्याम्हासिंह देगइनामा पसल अनुगमन गरियो ।
अनुगमनमा देग ग्रोसरी मार्टमा पसल नविकरण तीन दिन भित्र गर्न, म्याद नाघेको सामानहरु जम्बो स्प्राइट ५ वटा, सिमिल्याक दुघ १ पाकेट, ल्याक्टोजेन दुध १ पाकेट जफट गरी नष्ट गरियो भने प्याकेजि· सामानहरु खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न र प्यान, भ्याट विल, दर्ता प्रमाणपत्र कागजात नभएकोले आन्तरिक राजश्व कार्यालयले त्यहिं बीस हजार रुपैंया जरिवाना समेत गरेको थियो ।
मुकेश फलफुल एण्ड जुस पसल दर्ता नभएकोले दर्ता गराएर म्याद नाघेको मारी विस्कुट ५ पाकेट, आँप ७ केजि जफत गरी नष्ट गरियो ।
सफ्ट ग्रीन टे्रडि· प्रा.लि. नविकरण गर्ने, प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो ।
थ्री बि मार्टमा प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न र लेबल नभएको विश्व मसला उद्योगको बेसार ९ पाकेट, खुर्सानी १० पाकेट, जिरा ८ पाकेट, धनिया २ पाकेट जफत गरी नष्ट गरियो ।
त्यस्तै विश्व आलुप्याज भण्डारमा प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्नुपर्नेमा लेवल नभएकोले तीन दिन भित्र कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
स्टार मिनि मार्टमा म्याद नाघेको सामानहरु कोलगेट टुथपेष्ट १, रियल जुस १, ल्याक्टो फन १, डाईजेस्टिभ विस्कुट ४, टपटड्का १, निशा कलर १, ड्रकको अचार ३, सेटो मरिच ७, कालो मरिच १, टिमुर सानो ६ पाकेट र ठूलो १३ पाकेट जफत गरि नष्ट गरियो ।
अनुगमनमा सदस्य श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका प्रभाष कुमार चालिसे, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुलाको सहभागीता रहेको थियो ।
भक्तपुरको च्याम्हासिंह देगइनामा नगरपालिकाको बजार अनुगमन, म्याद नाघेका सामानहरु जफत गरि नष्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















