भक्तपुर, भदौ १६ ।
४४ औं नेपालभाषा साहित्य त: मुंज्या सफलताको लागि प्रविधि समिति र मिडिया (सञ्चार) समिति गठन कार्यक्रम सम्पन्न भयो ।
भेलामा नेमकिपा केन्द्रीय सदस्य एवं भनपा वडा न ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले तःमुंज्यामामा वाचन हुने साहित्य र सांस्कृतिक कार्यक्रम जनताले बुझ्ने किसिमको हुनुपर्ने बताउनुहुँदै धेरै खर्च गरेर कमल उपलब्धि हुनुभन्दा कम खर्चमा बढी उपलब्धी हुने किसिमले तयारी गर्नुपर्ने बताउनु भयो। टिभि,अनलाइन, फेसबुक लगायत सञ्चार माध्यमले सजिलै राम्रोसँग हेर्न सक्ने गरी व्यवस्था गर्नु पर्ने हुँदा प्राविधिक पक्षको महत्त्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा भ.न.पा. १० वडाका वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले कार्यक्रम स्थलमा उपस्थित हुने जेष्ठनागरिकहरु घरमै बसेर हेर्ने हुनाले घर घरमा स्पष्ट रूपमा हेर्न सक्ने गरी प्राविधिक पक्ष व्यवस्था हुनुपर्ने बताउनु भये।
ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको सो कार्यक्रममा लक्ष्मी प्रसाद कुसीको संयोजकत्वमा ९ सदस्यीय प्रविधि समिति र विकुराम तजलेको संयोजकत्वमा ९ सदस्यीय संचार समिति गठन गरिएको थियो ।


















