मिठाई पसलमा भक्तपुर नगरपालिकाको अनुगमन, अखाद्य रङ प्रयोग नगर्न सबैलाई कडा निर्देशन

0
526

भक्तपुर, १६ भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कुशे औसीं अर्थात बुबाको मुख हेर्ने पर्वलाई लक्षित गरी मिठाई पसल तथा फलफुल पसलमा अनुगमन गरिएको छ । अनुगमनमा २१ ओटा मिठाई पसल अनुगमन गरिएकोमा मिठाईमा रंग बढी नहाल्न र एउटै तेलमा धेरै पटक नपकाउन सचेत गरायो । अुनगमनका क्रममा बढी राखेको मिठाईहरु नष्ट गराएको र फलफुल पसलमा कुहेको र विग्रेको फलफुल बेचविखन नगर्न निर्देशन दिएको संयोजकले बताउनुभयो ।

अनुगमनमा मिठाई पसलको भान्छा फोहर देखिएकोले सरसफाइमा ध्यान दिन र मिठाई पकाउने तेल धेरै पकाएर ओइलटेष्टर मेसिन वा पोलार मिटरमा २० भन्दा माथिको देखाएको अखाद्य तेलमा नपकाउन निर्देशन दिई मिठाईमा पाँच केजि मैदामा एक ग्राम मात्र खाद्य रंग हाल्न पाउने र मिठाई पकाउने तेल पोलार मिटरले नाप्दा बीस रेन्जभन्दा माथिको तेल अखाद्य हुने वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । साथै तेलमा पकाएको मिठाई खाएपछि क्यान्सरजन्य रोगहरु लाग्न सक्ने भएकोेले उपभोक्ताको स्वास्थ्यलाई मध्य नजर गरी अनुगमन गरेको उहाँले बताउनुभयो । 

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति र नगर प्रहरी समेतको सहभागीता थियो ।

भक्तपुर नगरपालिकाले प्रत्येक हप्ता नियमित अनुगमन गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here