नेपालभाषा साहित्य तःमुंज्या साहित्य समितिको भेला सम्पन्न

0
252

भक्तपुर, भदौ १५ । चवालिसौं नेपालभाषा साहित्य तःमुंज्यामा उत्कृष्ट साहित्य सहित सफल बनाउन साहित्य समितिको संयोजनमा लेखक तथा साहित्यकारहरूको प्रशिक्षणात्मक पहिलो भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले उत्कृष्ट साहित्यको लागि नियमित साहित्यको लागि नियमित अभ्यास गरी त्यसलाई सङ्कलन गरी सुरक्षित राख्नुपर्ने बताउँदै समाजको अन्याय तथा-शोषणलाई बिम्ब, प्रतीक र उपमा सहित आफ्नो विचार प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले नेपालभाषाको साहित्री लेखनमा भएकाव्याकरणीक सुधार हुनुपर्ने बताउँदै भाषामाआएको आगन्तुक शब्दलाई समेत स्वीकार गरेर मौलिक शब्दको चयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष तथा सल्लाहकार कान्छा बासुकलाले नयाँ पुस्ताले नेपालभाषाका शब्दहरू परिमार्जन गरेर प्रयोग गर्दा भाषाको मौलिकता र मिठासपन हराएकोले जोगाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा साहित्य समितिका संयोजक रामेश्वरी कोजुले पनि बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here