मृतकको सम्झनामा मनाइने सापारु पर्व: घिंताङघिसी र ताँहासा प्रमुख आकर्षण

0
477


भक्तपुर, । नेवार समुदायमा ‘सापारु’ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ ।  सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
सापारुको दिन भक्तपुरमा फरक किसिमबाट गाई घुमाउने गरिन्छ। गाईको प्रतिकको रुपमा ताँहासा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिन्छ । ताँहासा लामो-लामो बाँसले चारपाते बनाई कपडाले मोड़ी गाईको मुखको आकार भएको छापा टुप्पामा टाँसी परालको सिङ राखेर चमर र छाताले ओढ़ाई दुईतिर लामो कपड़ाले तान्न लगाएर चारजना मानिसहरूले बोकाउन लगाई ब्राह्मणद्वारा विधिबमोजिम पूजा गर्न लगाईं नगर परिक्रमा गर्ने गरिन्छ । कसै कसैले बालबालिकाहरुलाई श्रृङ्गारपटार गरि गाईको प्रतिकको रुपमा नगर परिक्रमा गरिन्छ । यस दिन कसैले भजन किर्तन गर्दै माटोको गाई बनाई, राम्रोसंग खट बनाई परिक्रमा पनि गर्छन् ।यसै बेला आफन्तहरू सबै संगै परिक्रमा गर्दछन् ।

भक्तपुरमा गाइजात्राको अर्को विशेषता हो, घिंताङघिसी । दुई ब्यक्तिहरु हातमा लठ्ठी बोकेर एक आपसमा जुधाई खेल्नेलाई घिंताङघिसी भनिन्छ । भक्तपुरमा जनैपुर्णिमाको दिन साझ लायकुबाट घिंताङघिसी निकालिएपछी भोलिपल्ट अर्थात प्रतिपदाका दिनमा मानिसहरुले आ आफ्नो स्थानबाट घिंताङघिसी लाने परम्परा रहेको छ ।

गाईजात्रा जनैपुर्णिमा देखि सुरु भइ कृष्ण जन्माष्टमीसम्म हुन्छ । सापारुको भोलिपल्टदेखि नगरको विभिन्न ठाउँ तथा डबलीहरुमा नाच-गान र व्यंग्यात्मक प्रदर्शन हुन्छ । साथै साहित्यिक र सांस्कृतिक नाच पनि शुरू हुन्छ । भक्तपुर नगरमा भने हरेक वर्ष प्रदर्शन हुन परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुको मुल्यांकन गर्दै पुरस्कृत गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here