भक्तपुर, २ भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको नियमित बैठक तथा बक्सिङ खेलाडी र खेलप्रेमिहरुको भेला अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा आइतबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले खेलकुदले स्वस्थ बनाउने भएकोले जीवनमा ति आवश्यक रहेको उल्लेख गर्नुहुदै खेल संगसंगै समसामयिक विषयमा पनि जानकारी लिनुपर्ने बताउनुभयो ।
उहाँले व्यक्तिगत विचार फरक भएपनि खेलकुद, देश र समाजलाई राम्रो हुने बुँदामा एकमत भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभापतिको मन्तव्य राख्दै भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले बक्सिङ संघलाई क्रियाशील भक्तपुरका बक्सिङ खेलाडी र खेलप्रेमिहरुको भेला
बक्सिङ खेलाडी र खेलप्रेमी साथीहरुबिच अनुभव साटासाट गर्न पाउँदा बढी जानकार हुने अवसर प्राप्त हुने बताउनुभयो । समाज आदर्श नभएसम्म जीउधन समेत सुरक्षा नहुने भएकोले समाज राम्रो बनाउन समाजको निम्ति समय खर्चिनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो-“खेलकुद जीवनको अभिन्न अंग भएकोले शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहार्य रहेको छ । “
कार्यक्रममा तुल्सिराम ग्वाछा र साजन लघुले पनि बोल्नु भएको थियो ।
भक्तपुरका बक्सिङ खेलाडी र खेलप्रेमिहरुको भेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















