नेपालभाषा साहित्य तःमुंज्याको सम्पर्क कार्यालय स्थापना

0
557

नेपालभाषा साहित्य तःमुंज्याको सम्पर्क कार्यालय स्थापना

भक्तपुर, भदौ १ ।
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा ग्वसाखल अर्थात सम्पर्क कार्यालय कमलविनायकमा स्थापना भएको छ ।
ग्वसाखलको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले उच्च शिक्षा सबैको लागि आवश्यक रहेको उल्लेख गर्नुहुदै विद्यार्थी नभएको विश्वविद्यालयलाई पनि सरकारले धमाधम स्वीकृति दिदै आएको तर सरकारमा गएका दलहरुले ख्वप विश्वविद्यालय दर्ता गर्न आनाकानी गरिरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो -“देशमै रोजगारीको सुविधा दिनुपर्ने र वैदेशिक रोजगार मार्फत मानव तस्करी भैरहेको छ ।”
सरकारले जनताको चाहना अनुसार काम नगरेको र बहुदल आएपनि देशमा परिवर्तन नभएको बताउनुहुदै देशमा उत्पादन भएका फलफुलको बजारीकरण सरकारमार्फत नै गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रियावादीले षडयन्त्र गर्ने भएकोले जनता सचेत हुनुपर्ने र षडयन्त्र विरुद्ध लड्नुपर्ने बताउनुभयो । भक्तपुरको खानेपानीको स्रोत मुहान पोखरी ल संरक्षण गर्ने बजेट बक्तब्यमा उल्लेख भएको तर बजेट विनियोजन बजेट नभएको समेत जानकारी दिनुभयो ।
आशकुमार चिकबन्जारले त:मुज्या जनताको विश्वविद्यालयको रुपमा रहेको र भक्तपुरको मौलिक भाषा हराउदै गएको प्रति दुखेसो व्यक्त गर्दै नेपाल भाषाको सरक्षण गर्नुपर्ने बताउनुभयो । साहित्यले वर्गीय सेवा पनि गर्नुपर्ने र साहित्यमा राजनिती आवश्यक रहेकोले समाजलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कलाकार आसकाजी थकुले नेपाल भाषाको विकास गर्नुपर्ने प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै उहाँले कलाकारहरूले भक्तपुरको भाषा मौलिक एवं अन्य भाषाभन्दा फरक रहेको बताउनुभयो ।

भक्तपुर नगर समितिका सदस्य कृष्ण गोविन्द लाखाजुले जनताको समस्या उजागर गर्दै आएको र त:मुज्याले जनतालाइ राजनैतिक रुपले सचेत पार्दै आएको बताउनुभयो । त:मुज्यामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै आएको बताउनुहुदै हरेक कार्यक्रममा नेपाल सम्वतको तिथि मिति समेत उल्लेख गर्नुपर्ने बताउनुभयो ।

स्वागत मन्तव्य दिनुहुदै आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले नेपाल भाषा साहित्य त:मुज्या पहिलो पटक तालाक्वमा गरिएको चर्चा गर्नुहुदै जनताको माग अनुसार जनताको सुख दुख समेट्दै आएको पनि बताउनुभयो । सम्मेलनमा साहित्य वाचन देखि लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको चर्चा हुने र सास्कृतिक कार्यक्रम पनि हुने बताउनुभयो ।
कार्यक्रममा सन्जय मानन्धरले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here