भक्तपुर, भदौ १ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ गुन्हीपुन्ही सापारु पर्वलाई मध्यनजर गरी सापारु प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ र्याली आयोजना गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको खौमाबाट सुरु भएको सरसफाई र्याली दत्तात्रयमा पुगी सभामा परिणत भएको थियो ।

सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाइजात्रा पर्व भव्य रुपमा सम्पन्न गर्न संस्कृतिकर्मी भेला तथा इन्टरनेट तथा केबुल नेटवर्क एवं सेवा प्रदायकहरु सङ्ग छलफल गरिदै आएको बताउनुभयो ।
सरसफाइ अभियान एक सांकेतिक अभियान रहेको बताउनुहुदै भक्तपुर नगरपालिकाले परम्परागत तथा आधुनिक विधाहरुको मुल्यांकन गर्दै पुरस्कार वितरण गर्दै आएको पनि चर्चा गर्नुभयो । भक्तपुरमा रहेका मुर्त र अमुर्त सम्पदा संरक्षण गनुपर्नेमा जोड दिनुहुदै पर्यटकीय गन्तव्यको रुपमा चिनाउनुपने बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भनपाले महत्वपूर्ण चाडवाडको पुर्व सन्ध्यामा प्रचारप्रसार गरिदै आएको बताउनुहुदै सम्पदा संरक्षणमा जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भुकम्पले क्षति भएका सम्पदाहरु पुन: निर्माण अधिकाश सम्पन्न भइसकेको र केही योजनाहरु चालू अवस्थामा रहेको बताउनुभयो
अहिलेको समयमा डेङ्गुको समस्या रहेकोले सतर्क रहन समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको एतिहासिक गाइजात्रा पर्व सभ्य र भव्य मनाउन उदेश्यले सरसफाइ कार्यक्रम गर्दै आएको र नगरपालिकाले उद्घोष गरेको नारा अनुसार कला र सस्कृति जगेना गर्दै आइरहेको बताउनुभयो ।
विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको सहभागितामा सम्पन्न सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।
सरसफाई कार्यक्रमा सहकारी, टिम, पुस्तकालय तथा वाचनालयका प्रतिनिधि तथा जनप्रतिनिधि, कर्मचारी र स्थानियहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद कोजुले पनि बोल्नु भएको थियो ।




















