नेपालभाषा साहित्य तःमुंज्याको साहित्य समिति गठन

0
485

भक्तपुर, श्रावण ३२। ४४ औं नेपाल भाषा साहित्य तःमुज्या भव्य रुपम सफल बनाउन साहित्यकारहरुको भेला सल्लाहकार एवम् जनकबि चन्द्रबहादुर उलकको आतिथ्यतामा शुक्रबार कमलबिनायकमा सम्पन्न भयो ।
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले नाराबाजी साहित्य र पत्रपत्रिकामा आए अनुसारको हुबहु नलेखिकन कला पक्ष सवल बनाई अलंकार र उपमा प्रयोग गरि लेख्नुपर्ने आग्रह गर्नुभयो । उहाँले साहित्यले जनताको सेवा गर्नुपर्ने बताउँदै जनताको भावनास्पर्शी र मन छुने हुनुपर्ने र साहित्य राजनैतिक हतियार भएकोले साहित्य शोसित पिडित जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुगुठीका अध्यक्ष आशकुमार चिकंबञ्जारले साहित्य पुरस्कृत हुँदैमा स्तरीय नहुने बताउँदै आलोचना भयो भनेर लेख्न छोड्न नहुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले शारीरिक बनौटमा शरीरका अङ्गहरु सबल र चिटिक्क भएमात्र आकर्षक देखिए जस्तै साहित्य र तःमुज्या आकर्षक बनाउन सबै पक्ष राम्रो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले पनि बोल्नु भएको थियो भने रामेश्वरी कोजुको संयोजकत्वमा २९ सदस्यीय साहित्य समिति गठन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here