नेपालभाषा साहित्य तःमुंज्याको साहित्य समिति गठन

0
517
नेपालभाषा साहित्य तःमुंज्याको साहित्य समिति गठन

भक्तपुर, श्रावण ३२। ४४ औं नेपाल भाषा साहित्य तःमुज्या भव्य रुपम सफल बनाउन साहित्यकारहरुको भेला सल्लाहकार एवम् जनकबि चन्द्रबहादुर उलकको आतिथ्यतामा शुक्रबार कमलबिनायकमा सम्पन्न भयो ।
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले नाराबाजी साहित्य र पत्रपत्रिकामा आए अनुसारको हुबहु नलेखिकन कला पक्ष सवल बनाई अलंकार र उपमा प्रयोग गरि लेख्नुपर्ने आग्रह गर्नुभयो । उहाँले साहित्यले जनताको सेवा गर्नुपर्ने बताउँदै जनताको भावनास्पर्शी र मन छुने हुनुपर्ने र साहित्य राजनैतिक हतियार भएकोले साहित्य शोसित पिडित जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुगुठीका अध्यक्ष आशकुमार चिकंबञ्जारले साहित्य पुरस्कृत हुँदैमा स्तरीय नहुने बताउँदै आलोचना भयो भनेर लेख्न छोड्न नहुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले शारीरिक बनौटमा शरीरका अङ्गहरु सबल र चिटिक्क भएमात्र आकर्षक देखिए जस्तै साहित्य र तःमुज्या आकर्षक बनाउन सबै पक्ष राम्रो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले पनि बोल्नु भएको थियो भने रामेश्वरी कोजुको संयोजकत्वमा २९ सदस्यीय साहित्य समिति गठन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here