नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न सांस्कृतिक समिति गठन

0
413

भक्तपुर, श्रावण ३१ । चवालीसौं नेपालभाषा साहित्य तःमुंज्या भव्य रूपमा सफल पार्न बुधबार एक भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले लेखक, कवि कलाकारहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी राख्दै साहित्यमार्फत जनतालाई सचेत गराउनु आवश्यक भएको बताउनुभयो । नेपालभाषा साहित्य तःमुंज्याले स्थापनाकालदेखि तल्लो वर्गका जनताको सेवा गर्दै आएको चर्चा गर्दै तःमुंज्या सर्वसाधारण जनतालाई प्रशिक्षित गर्ने एउटा महत्त्वपूर्ण मञ्च बन्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तःमुंज्याले लोप हुन लागेका परम्परागत विधालाई जगेर्ना गर्न आवश्यक छ । नाचगानको राजधानी भनेर परिचित भक्तपुरमा खः प्याखं लोप हुनु दुःखद हो ।” उहाँले तःमुंज्या एउटा भव्य र राष्ट्रिय रूपमा चर्चा हुने कार्यक्रम भएकोले यसको सफलताको लागि आयोजक समितिमात्र नभई नगरवासी नै लाग्नु जरूरी छ भन्नुभयो ।

भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्यालेस्टिनमा भइरहेको नरसंहार विषयमा बताउनुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजु, रामकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।भेलाले रामकृष्ण प्रजापतिको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here