नेपालभाषा साहित्य तःमुंज्याको प्रचार समिति गठन

0
441

भक्तपुर, श्रावण ३०। यस वर्षको ४४ औं नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न बुधबार प्रचारप्रसार समिति गठन गर्न स्थानीयको भेला भयो ।
युवा, विद्यार्थी, किसान, मजदुर, महिला, कर्मचारी, सञ्चारकर्मीसमेतको उपस्थितिमा भएको सो भेलाले काशीलाल प्रजापतिको संयोजकत्वमा एक बृहत्स मिति गठन गयो ।
उक्त भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष एवं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका सदस्य रवीन्द्र ज्याख्वले राजनीतिमा झैँ साहित्यमा पनि वर्गीय दृष्टिकोण हुने विचार व्यक्त गर्दै साहित्य र सांस्कृतिक पक्ष गुणस्तरीय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तःमुंज्याको प्रचार प्रसार जनस्तरमा पुयाउन सबैले आ-आफ्नो स्थानबाट सक्रिय सहभागिता र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका सल्लाहकार विष्णुगोपाल कुसीले तःमुंज्या जनस्तरमा भिजेको स्थापित साहित्यिक, सांस्कृतिक, राजनीतिक प्रशिक्षणको रूपमा विकास भइरहेको बहुआयामिक मञ्च हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको सो भेलामा प्रचारप्रसार समितिका संयोजक काशीलाल प्रजापतिले प्रचारका विभिन्न उपायबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । भेलामा सहभागी युवा, विद्यार्थी, सञ्चारकर्मी, महिलाले विभिन्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here