यूनिटी स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको चित्रकला प्रतियोगिता सम्पन्न

0
402

भक्तपुर, श्रावण ३०।
नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलको आयोजनामा सम्पन्न भयो ।

आयोजक यूनिटी स्कुलका संस्थापक एवं व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जूको सभापतित्वमा सम्पन्न पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालको प्रमुख आतिथ्यमा विजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र वितरण गर्नुहुदै विद्यार्थीहरुलाई किताबभन्दा बाहिरको विविधा ज्ञान दिनुपर्ने बताए ।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले आयोजक यूनिटी स्कुललाई हार्दिक आभार व्यक्त गर्दै २०८० को एसईई नतिजामा ४.० ल्याउन सफल यूनिटी स्कूलबाट अन्य विद्यालयले पनि प्रेरणा लिनुपर्ने बताए । उनले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताए ।

उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गरेका थिए । नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साधु राम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष रामप्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापालगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच “हाम्रो गाऊँ सफा ठाउँ” शीर्षकमा चित्रकला प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा पाठशालाकी जश्मिन अछामी द्धितीय, ईडेन गार्डेन स्कुलका लबहागं राई तृतीय र सान्त्वना आरक्षणकी समिक्षा दर्नालले प्राप्त गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here