भक्तपुर, श्रावण ३१ । भक्तपुर स्थित गठ्ठाघरमा करिब २ बजेतिर ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्युु भएको छ ।
जिल्ला प्रहरी परीसर भक्तपुरका अनुसार कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले नम्बर नखुलेको स्कुटरलाई ठक्कर दिँदा यात्रुको ज्यान गएको हो। ज्यान गुमाउने व्यक्तिको पहिचान खुलिसकेको छैन। हाल उक्त क्षेत्रमाभीड जम्मा भएको र तनावपूणर् अवस्था सृजना भएको जनाइएको छ ।
घटनास्थलमा एकतर्फी सवारी सुचारू भईरहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
photo: namaste bhaktapur
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
4
+1
13


















