आदर्श आजाद माविका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न

0
251

भक्तपुर, श्रावण ३१ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी योग्य होस् भन्ने चाहने हो भने शिक्षक पहिला योग्य बन्नुपर्छ भन्दै उहाँले विद्यार्थीहरुले उच्च आत्मविश्वासले आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

आदर्श आजाद माध्यमिक विद्यालयमा अध्ययरत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरुले आफूलाई अरुसँग तुलना गरी कमजोर ठान्न नहुने बताउनुभयो ।

समाजवादउन्मुख राज्य व्यवस्थामा मात्र गरिब जनताले सुख पाउने बताउँदै उहाँले व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा, उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, आर्थिक समानतालगायत समाजवादी व्यवस्थाको मुख्य विशेषताहरु भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको परीक्षाको नतिजा उत्साहजनक भएको बताउँदै उहाँले शिक्षामा सरकारले गरेको लगानीलाई फलदायी बनाउन विद्यार्थीले अझ मेहेनत र लगनशील भई अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक शिक्षालाई स्तरीय बनाउन र गरिब जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न भक्तपुर नपाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइ काम गर्दैै आइरहेको बताउँदै प्रमुख प्रजापतिले विद्यालयको शुल्कले भन्दा पनि शिक्षक विद्यार्थीको मेहेनतले शिक्षाको गुणस्तर मापन हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ श्रीकृष्ण किसीले शिक्षकहरुले आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै नैतिक, व्यवहारिक र सामाजिक ज्ञान समेत दिनुपर्नेमा जोड दिँदै विद्यालयको सफलतामा शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै नेपाली विषय शिक्षक आशकुमार चिकंबन्जारले आदर्शआजाद कलेज नेपालका विभिन्न जिल्लाबाट शिक्षा हासिल गर्न आउने संयमस्थलको रुपमा विकास भइरहेको बताउँदै गरिब जनतालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य कलेजको रहेको बताउनुभयो ।

कार्यक्रममा आदर्श आजाद मावि शिक्षा संकायका संयोजक प्रेमजन थापा श्रेष्ठले विद्यार्थीहरुले संघर्ष गर्न कहिल्यै छोड्नुहुन्न भन्दै विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रअ चक्रबहादुर चाकतु, विद्यालयका शिक्षक राकेश सुकुपायो, विद्यालय प्रतिनिधिहरु प्रतिमा कार्की र सुनिता नेपालले पनि बोल्नुभएको थियो ।

प्रमुख अतिथि प्रजापतिले नयाँ भर्ना भएका र प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई स्वागत तथा बिदाइ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here