भक्तपुर नगरपालिकाको आयोजनामा आधारभूत तहको जापानी भाषा तालिम संचालन हुने भएको छ । युवा वर्गलाई लक्षित गर्दै हरेक वर्ष नगरपालिकाले तालिम दिदै आइरहेको छ । यस वर्ष ईच्छुक एस.ई.ई. वा सो सरह उतीणर् नगरवासीहरुले २०८० जेठ १९ गतेभित्र सम्बन्धित वडा कार्यालयमा, कार्यालय समयमा दरखास्त दिनु हुन समेत अनुरोध गरिएको छ । निवेदनका साथ नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने र फाराम तथा टिकट दस्तुर रु. ११०/- तोकेको छ भने मासिक शुल्क रु. ५००/- लाग्ने नगरपालिका स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















