त:मुज्याले समसामयिक तथा अन्तर्राष्ट्रिय घटनाक्रम उजागर गर्नुपर्ने:बिजुक्छें

0
555

भक्तपुर, श्रावण २३ ।
नेपाल भाषा साहित्य त:मुज्या मु गुथिको आयोजनामा मूल समिति गठन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रिय अध्यक्ष एव प्रमुख अतिथि नारायणमान बिजुक्छेले मातृभाषालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुदै नयाँ पुस्तालाई नेपालभाषा सिकाउनुपर्ने कुरामा विशेष जोड दिनुभयो । साहित्य मार्फत त:मुज्यामा अन्य भाषा पनि समावेश गरिदै आएको र प्रचार प्रसार गरिदै आएको चर्चा गर्नुहुदै नयाँ कलाकारले नाटकलाई प्राथमिकता राख्नुपर्ने जोड दिनुभयो ।
सरकारले सन्तोषजनक काम नगरेको अवस्थामा जनता आजित भैसकेको बताउनुहुदै उहाँले सम्पदा पुनः निर्माणमा अरुको भरमा बस्न नहुने र स्थानिय व्यक्तिहरु मिलेर नै सम्पदाको जगेर्ना गर्न सकिने बताउनुभयो ।
देशभित्र हुने गरेको समसामयिक तथा अन्तर्राष्ट्रिय जगतका घटनाक्रम पनि जनतालाई देखाउनुपर्ने बताउनुभयो ।
अतिथि बागमती प्रदेशका माननीय सासद सुरेन्द्र राज गोसाईले देशमा उथलपुथल र राजनीति आन्दोलनका हुनुमा राजनैतिक चेतनाका कारण सम्भव भएको बताउनुभयो । तमुज्याले समाजको सुख दु:खको चित्रण नाटकमार्फत प्रदर्शन गर्नुपर्ने बताउनुहुदै बाली काट्ने आन्दोलन , मोहियानी हक, भ्रष्टाचार विरुद्ध आन्दोलन, साढे धपाई आन्दोलन मार्फत नेमकिपाले राजनैतिक चेतना मार्फत जनतालाई संगठित गर्दै आएको बताउनुभयो । नयाँ पुस्तालाई समाजको वारेमा पनि जानकारी गराउनुपर्ने पनि बताउनुभयो ।

त्यस्तै, सल्लाहकार चन्द्रबहादुर उलकले भक्तपुरमा साहित्य गतिविधि बढी हुने गरेको बताउनुहुदै साहित्य मार्फत जनताको स्तर बढाउनुपर्ने बताउनुभयो । सम्मेलन सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको र जनतालाई सचेत गरेमा मात्रा भाषा बाच्ने र घर घरमा नेपाल भाषा सिकाउनुपर्ने बताउनुभयो ।
त:मुज्या मु गुठीका अध्यक्ष आशकुमार चिकबन्जारले जनताले आफ्नो दु:ख कुरा व्यक्त साहित्य मार्फत दिनुपर्ने र जनताको लागि साहित्य रचना गर्नुपर्ने बताउनुहुदै सम्मेलनलाई जनताको विश्वविद्यालयको रुपमा अगाडी लानुपर्ने बताउनुभयो । नेपाल भाषा बिस्तारै हराउदै गरेकोले प्रशिक्षण दिनुपर्ने बताउनुभयो । स्थानिय पाठ्यक्रममा समेत समावेश गरेकोले उत्साह थपिएको बताउनुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले साहित्य सम्मेलनलाई उत्सवको रुपमा मनाउनुपर्ने र कामदार वर्गको हित गर्ने साहित्य लेख्नुपर्ने बताउनुभयो । साहित्य मार्फत साहित्यकार जन्माउदै भाइबहिनीलाई साहित्य लेखनमा प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्ञान सागर प्रजापति, लक्ष्मी प्रसाद चवाल र संजय मानन्धरले पनि बोल्नुभएको थियो ।

उक्त भेलाले ४४ औॅं नेपाल भाषा साहित्य तःमुंज्याको ४४ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here