भक्तपुर, श्रावण २३ । स्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह (अगस्त १-७, २०२४ )को उपलक्ष्यमा भन.पा. वडा नं. २ मा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वडा सदस्य मन्जु लाखाजुले स्तनपान बालबालिकाको नैसर्गिक अधिकार भएको चर्चा गर्नुहुदैं शिशुलाई जन्म दिएपछि हरेक आमाले स्तनपान गराउनु जरूरी रहेको बताउनुभयो । साथै परिवार र समाजका हरेक व्यक्तिले स्तनपानको महत्व बुझी आमालाई स्तनपान गराउनमा साथ दिई स्तनपान गराउन प्ररित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नर्स गे्रसा कर्माचार्यले वर्तमान समयमा स्तनपानको आवश्यकता र महत्वबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने कामकाजी महिलाले बच्चालाई पूणर् रूपमा स्तनपान गराउन नसक्नु र कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार कक्षको आवश्यकताबारे काठमाडौं स्कुल अफ मेडिकल साइन्स बी एस सी नर्सिङ का विद्यार्थीहरूले सन्देशमुल नाटक समेत प्रस्तुत गरेका थिए।


















