भक्तपुर, श्रावण २३ । भक्तपुर नपा वडा नं. ३ देगमनास्थित एउटा घरमा आगलागी भएको छ ।
बिहान करिब ११ बजे विद्युत सट भई पीडित कर्माचार्यको घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सबै नगद तथा जिन्सी सामान जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट करिब २३ लाख ७५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घटना लगत्तै आगलागी प्रभावित क्षेत्रमा बुधबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रमुख प्रजापतिले आगलागी प्रभावित क्षेत्रको निरीक्षणका साथै आगलागीबाट पुगेको क्षति र पीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो । सोही क्रममा पीडित रामसुन्दर कर्माचार्यलाई भेटेर प्रमुख प्रजापतिले सहानुभूति व्यक्त गर्नुभएको थियो ।
आगलागि हुँदा सो घरमा कोही नभएकाले ताल्ला फोडेर स्थानीय जनता, सुरक्षाकर्मी तथा बारुद्ध यन्त्रका अग्नि नियन्त्रकहरुले आगलागि नियत्रणमा ल्याएको थियो ।
भक्तपुरमा एक घरमा आगलागी हुँदा करिब २३ लाख बराबरको क्षति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
2
+1
3


















