भक्तपुर, श्रावण १८ ।नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गठाँमुग । यस दिनमा अधिकाश नेवार समुदायका मानिसले सिनाज्या पर्व पनि मनाउने गर्छन् । रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ’सिनाज्या ब्यंकेगु’ पर्व मनाइन्छ। भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन् । यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ । यस दिन नेवार समुदायमा एका बिहानै उठेर घरलाई लिटपोट गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेव र नारायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाडाकुँडासमेत धोएर चोखो बनाउनुपर्दछ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ । यो भक्तपुरको अमुर्त सम्पदाको रुपमा रहेको छ ।
नेवार समुदायले आज “सिनाज्या ब्यंकेगु” पर्व मनाउदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















