काठमाडौं, साउन १७ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ ।
यसअघि सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै तिव्र रुपमा आलोचना भएको थियो । पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई ४ बुँदे निर्देशनसमेत जारी गरेको छ ।
विभागको निर्देशन यस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















