आजबाट पोलियो थोपा खुवाउने अभियान सुरु, २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुवाइने

0
462

भक्तपुर, श्रावण ९ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज श्रावण ९ गतेदेखि विशेष पोलियो उन्मूलन अभियान सुरु गरिदै छ । मन्त्रालयले काठमाडौं उपत्यकाको विभिन्न भागमा गरिएको नमुना परिक्षणमा गरेको नमुना परिक्षणमा पोलियो भाइरसको स्वरुप परिवर्तन भएकोले समुदायमा पोलियो भाइरस फैलिन नदिन काठमाडौं, भक्तपुर र ललितपुरमा विशेष खोप अभियान सुरु गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका शाखा प्रमुख अभियान गौतमले बताउनुभएको छ ।
मन्त्रालयले यस अभियानमा उपत्यकाका २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको समेत जानकारी दिइएको छ ।
श्रावण १२ गतेसम्म संचालन हुने अभियानमा महिला स्वंयम सेविकाहरू घरघरमा आई ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाकाहरुलाई पोलियो थोपा खुवाइदै छ ।
नियमित खोपमा पोलियोको खोप दिएइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा पोलियो विरुद्धको खोप दिनुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here