भक्तपुर, साउन ७ ।
भक्तपुर नगरपालिकाको निमन्त्रणामा भगिनी सहर मित्रराष्ट्र जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान—नान शहरका कार्यकारी उपप्रमुख मु योङवन नेतृत्वको प्रतिनिधिमण्डल टोली सोमबार भक्तपुर आइपुगेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खादा, भादगाउँले टोपी र पुष्पगुच्छाले स्वागत गर्नुभयो । सोही क्रममा टोलीले भक्तपुरको दरबार क्षेत्र, टौमढी, पोटरी स्क्वायर (तालाक्व), रानीपोखरीलगायतका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदास्थलहरुको अवलोकन भ्रमण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















