गुरु गणेश साकोसमा वार्षिक बजेट तर्जुमा गोष्ठी

0
272

शंखरापुर, साउन ५ । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तर्जुमा,वार्षिक नीति तथा कार्यक्रम र पुनःताजगी कार्यक्रम जरसिंह पौवा हिल भिजन रिसोर्टमा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीमा पर्ल्स अनुसार दसदेखि पन्ध्र प्रतिशत सदस्य वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऋणको ब्याजले हरेक कार्यक्रम र प्रशासन कार्यालय खर्चबाट बचेको रकम नै संस्थाको नाफा भएकोले ऋण संस्थाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले अहिले सहकारी डुब्नुमा सहकारीबाट लगेको ऋणीको बारेमा नबुझी र ऋण दिँदा धितो, तिर्नसक्ने क्षमताबारे मूल्याङ्कन नगरी ऋण दिँदा ऋण असुल्न गाहो भएको र ऋणीले उत्पादन क्षेत्रमा लगानी नगर्दा ऋणी डुबेको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष एवम् बजेट तर्जुमाका संयोजक तुल्सीकेशरी छँजु प्रजापतिले सहकारीले भूकम्प, कोरोना र आर्थिक सङ्कटजस्ता विभिन्न समस्याहरू झेल्दै आएको उल्लेख गर्दै योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा जनताको विश्वास जित्नसक्ने खालको हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, प्रबन्धक गौतम कुटुवाजु, लेखा संयोजक हरिकृष्ण प्रजापति, रामकृष्ण लवजु, राजुसिं बजिको, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति, तुल्सीराम प्याठ, सीतालक्ष्मी कोजूले पनि आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष तुल्सीकेशरी प्रजापतिले पेस गरेको बजेट र प्रगति प्रतिवेदन पारित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here