भक्तपुरमा मावि विज्ञान शिक्षकहरुको लागि ३ दिने तालिम

0
264

भक्तपुर, असार २९ । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखा तथा त्रिभुवन विश्वविद्यालय, शिक्षा विभागको संयुक्त आयोजनामा “वातावरणीय तथा ज्ञान मिमांशीय न्याय” विषयक् भक्तपुर नगरपालिका अन्तर्गतका मावि विज्ञान शिक्षकहरुको ३ दिने तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त उद्घाटन सत्रमा उपमेयर रजनी जोशीज्यूले भक्तपुर नगर पालिकाले शिक्षा, स्वास्थ सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दैआएको र विद्यालय शिक्षालाई अझ ब्यबहारिक र सीपमूलक बनाउन तथा शिक्षालाई गुणस्तरीय बनाउन यस्ता तालिमले सहयोग गर्ने कुरा बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक श्री योगन्द्रमान विजुक्छेज्यूले उत्त सत्रको सभापतित्व गर्नुहुदै यो तालिम असार महिनाको अन्तमा आयोजन गरिएको भएपनि कुनैबजेत सिध्याउन नभई विगत पाँच छ बर्षदेखि निरन्तर अनुसन्धनमा संलग्न त्रिविको शिक्षा विभागको टोलीले अनुसन्धानकै सिलसिलामा तीन महिना पहिले विज्ञान कक्षा अवलोकन भएको र तीन महिना पश्चात तालिमको आयोजना भएको बताउनु भयो । सो कार्यक्रम अनुसन्धान टोलिका प्रमुख प्रा. डा. गणेश बहादुर सिंले अनुसन्धानको उद्देश्य र यस तालिमको तर्जुमाको विगतका बारेमा प्रष्ट्याउदै भक्तपुर र रसुवा दुइ जिल्लामा यस्तो कार्यक्रम तथ अनुसन्धान भएको जानकारी गराउनु भयो । शिक्षा मानव विकास केन्द्रका निर्देशक गीरिमान थापाले केन्द्रले शिक्षकहरुका लागि बिभिन्न तालिमहरुको आयोजना गर्दै आएको र यस तालिमले पनि शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने बताउनु भयो । अतिथि तथा ख्वप कलेजका प्रार्चाय प्रकाश श्रेष्ठले शिक्षामा विद्यालय शिक्षकहरुको भूमिका अहम हुने तथा पाठ्यक्रमभन्दा बाहिरका अति आवश्यक ब्यबहारिक ज्ञानहरुसमेतमा उनीहरुले दिक्षितगर्दा त्यसको प्रभाव कलेज तहमा समेत प्रतिम्बित हुने बताउनु भयो ।
सो कार्यक्रममा स्वागत मन्तव्य नगर शिक्षा शाखाका शाखा प्रमुख साधुराम फुयालले गर्नु भएको थियो भने उद्घोषण विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले गर्नु भएको थियो । तालिम सत्रमा सहजिकरणको लागि प्राध्यापक मोहन पौडेल, आशिक सिं ठकुरी र प्रा.डा. ध्रुव निउरे र शुसिल शर्माले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here