भक्तपुर, असार २९ ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.ब. २०८१/०८२ लागि बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेट उपसमितिको आयोजनामा बजेट मस्यौदा र समिक्षा कार्यक्रम संस्थाका संयोजक एवम् कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सहकारी मुल्य मान्यता र सहकारी सिद्धान्त अनुसार पल्र्स विश्लेषणको आधारलाई ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सहकारीले बजेट तयार गर्दा लक्ष्य र उदेश्य निर्धारण गरी, आय, व्ययका स्त्रोतहरुको पूर्वनुमान, पूँजीगत खर्च, निक्षेप र ऋण व्यवस्थापन, आर्थिक भविष्यवाणी गरी त्यसको समिक्षाका साथै स्विकृति भई सकेपछि कार्यान्वयन र अनुगमनसम्मको ध्यान दिएर बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले भुकम्प, कोरोना र आर्थिक समस्या जस्ता विभिन्न आरोह अवरोह पार गर्दै अहिले सहकारी संस्थाका सञ्चालकहरुले रकम दुरुपयोग र हिनामिना गरी भागेकोले सहकारी प्रति जनविश्वास घट्दो क्रममा छ भने देशको व्यापार व्यवसाय ओरालो लागेको र परनिर्भर बन्दै गएर युवाहरु विदेशीने क्रम बढ्दै गएकोलाई मध्य नजर गरी सहकारीले स्वदेशमै युवाहरुलाई रोजगार उत्पादन गर्ने गरी बार्षिक योजना, नीति तथा कार्यक्रम बन्नुपर्छ भन्नुभयो । योजना भावि कार्यक्रमको मार्ग चित्र भएको बताउँदै यसले संस्थालाई कार्यदिशा निर्देश गर्दछ भने भविष्यमा प्राप्त गर्ने नतिजाको आकलन गर्न सक्छ भन्नुभयो ।
कार्यक्रममा सल्लाहकार कृष्णभक्त लवजुले अरुको सहकारी भन्दा पृथक र राम्रोसंग संचालन हुने बजेट बन्नुपर्ने बताउँदै सहकारीले कार्यक्रम भन्दा आर्थिक उन्नतीमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उपसमितिले विभिन्न सामाजिक कार्यक्रम गर्दा त्यसको संस्था र सदस्यलाई के उपलब्धी कति भयो र समाजको हितमा छ छैन हेर बार्षिक कार्यक्रमहरु बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार इन्द्र बहादुर प्याठले युवाहरु विदेशिन्दा सहकारीको भविष्य पनि धरापमा पर्न सक्ने भएकोले युवा उद्यमशीलता र स्वदेश मै रोजगार प्रवद्र्धन हुने नीति तथा कार्यक्रम बन्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री कृष्ण राम कासिछ्वाले उपसमिति कृयाशील बनाउने गरी प्रत्येक उपसमितिले कम्तिमा एउटा कार्यक्रम गर्नुपर्ने बताउँदै सहयोगभन्दा पारिश्रमिक खोज्ने र योगदान भन्दा लाभ खोज्ने सोचले सहकारी उभो लाग्न नसक्ने बताउँदै उठ्न बाकी व्याज समेत धेरै उठाउन नसकेको अवस्थामा त्यस्तोलाई मध्य नजरगरी बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लेखा संयोजक हरिकृष्ण प्रजापति, सल्लाहकार न्हुछे भक्त फोजु, उपाध्यक्ष श्री प्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, सदस्यहरु रामकृष्ण लावजु, चम्पा ज्ञामरु, राजु बजिकों, सिद्धान्त प्रजापतिले बार्षिक योजना, नीति तथा कार्यक्रम र बजेट निर्माणमा आ-आफ्नो सुझाबहरु राख्नु भएको थियो ।
गुरु गणेश बचतको आयोजनामा बजेट मस्यौदा र समिक्षा कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















